गोरखा । गोरखा नगरपालिकाले आगामी २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
आगामी बर्षका लागि कार्यक्रम सार्वजानिक गर्दै नगरप्रमुख राजनराज पन्तले कोरोना भाइरसका कारण लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै ब्यवसाय करमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
त्यस्तै ब्यवसाय दर्ता गरी नविकरण नगरि बसेका ब्यवसायीको हकमा नविकरण दस्तुरमा लाग्ने शुल्कमा ५० प्रतिशत मिनाह गर्ने ब्यवस्था समेत गरेको नगरप्रमुख पन्तले बताए ।