• शनिबार, साउन ९ २०८३

गायिका रचना रिमाल सवार गाडी दुर्घटना


आइतबार, माघ १४ २०८०
4.2K
Shares

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतवार नेपालगञ्ज विमानस्थलबाट दाङको लमही जाने क्रममा विपरीत दिशाबाट आएको ट्रकले उनी सवार स्कार्पियोलाई ठक्कर दिएको छ ।

ट्रकको ठक्करबाट स्कार्पियोमा केही क्षति पुगेको छ भने यात्रु सबै सकुशल रहेको रचनाले जानकारी दिइन् ।

उनी लमही महोत्सवमा साङ्गीतिक प्रस्तुतिका लागि जाँदै थिइन् । दुर्घटनापश्चात उनले आइतवारको आफ्नो प्रस्तुति स्थगित गरेकी छन् । अब, उनको प्रस्तुति सोमवार रहने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार