• शनिबार, साउन ९ २०८३

बढेकाे बढ्यै काेराेना : गण्डकीमा थपिए ३२ संक्रमित, कुल संख्या ७२९ पुग्यो


बुधबार, असार १० २०७७
660
Shares

पाेखरा । गण्डकी प्रदेशमा ६ महिलासहित थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार पुष्टि भएका ३२ सँगै गण्डकीमा संक्रमितको संख्या ७ सय २९ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए ।

नयाँ संक्रमित लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, बागलुङमा ९, तनहुँमा १ र नवलपरासी पूर्वमा १ जना रहेका छन्।

गण्डकी प्रदेशबाट ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने एकको मृत्यु भएको छ।

हेर्नुस् विज्ञप्ति :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार