;'gwf/fdf gjlgld{t w/x/f
sf7df8f}F, !) j}zfv M ;'gwf/fdf gjlgld{t w/x/f . oxL j}zfv !! ut] zlgaf/ cf}krfl/s ?kdf o;sf] pb3f6g ug]{ sfo{qmd 5 . lj;+= @)&@ j}zfv !@ ut]sf] e"sDkaf6 k"0f{ ?kdf Iflt ePsf] w/x/fsf] glhs of] lgdf{0f ul/Psf] 5 . t:jL/ M /Tg >]i7, /f;;
काठमाडौँको धरहरास्थित पार्किङ भवनको पहिलो तलामा आज (आइतबार)देखि निःशुल्क पार्किङ सेवा सुरु भएको छ।
धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन थालिएकाे काठमाडौँ महानगरपालिकाले जनाएको छ।
न्युरोड क्षेत्रमा कालोपत्रे सडकमा महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङ स्थल उपलब्ध गराउने उद्देश्यले धरहरामा निःशुल्क पार्किङकाे व्यवस्था मिलाइएकाे हाे।
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले सरोकारवालासँगको समन्वयमा आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङ सेवा उपलब्ध हुने जानकारी दिए।
यसअघि महानगरपालिकाले काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङको व्यवस्था गरेको थियो।
पाण्डेकाअनुसार आजदेखि धरहरा क्षेत्रमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। सहिद गेटबाट न्युरोडतर्फ जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ।