• शनिबार, साउन ९ २०८३

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखसहितका कर्मचारी कार्यालयमै कुटिए !


शुक्रबार, माघ १२ २०८०
4.2K
Shares

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखसहितका कर्मचारी कार्यालयमै कुटिएका छन् । विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको खबर बाहिरिएकाे छ ।

शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरीसंग विवाद भएकाे बुझिएकाे छ ।

विवाद भएकाे भन्दै अधिकृत माेक्तान गुनासो लिएर अध्यागमन कार्यालय प्रमुख हमालकाे कार्यकक्षमा पुगेका थिए । त्यसपछि हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए ।

सिसिटिभी फुटेजमा माेक्तानमाथी प्रहरीले दुर्व्यवहार गरेकाे देखिएपछि हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हानेकाे स्राेतले जनाएकाे छ । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लागेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार