कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ।
कर्णालीका ७९ पालिकाका १ सय ५६ जना जनप्रतिनिधि र प्रदेशसभा सदस्य ४० जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए।
कर्णालीबाट राष्ट्रिय सभाका ३ सिटका लागि दलित, महिला र अन्य गरी ६ उम्मेदवार छन्।