• शनिबार, साउन ९ २०८३

स्थापना दिवसकाे अवसरमा राष्ट्रिय वाणिज्य वैँक आरुघाटद्धारा उत्कृष्ट ग्राहकलाई सम्मान


बिहिबार, माघ ११ २०८०
1.6K
Shares

गोरखा । स्थापना दिवसकाे अवसरमा राष्ट्रिय वाणिज्य वैँक आरुघाटद्धारा उत्कृष्ट ग्राहकलाई सम्मान गरेकाे छ । वैँककाे आरुघाट शाखाले दुई उत्कृष्ट ग्राहकलाई सम्मान गरेको हाे ।

वैँकको ५९ औँ स्थापना दिवसको अवसरमा आरुघाट शाखाले आर्खेतका व्यवसायी परिचित अधिकारी र सल्यानटारका रामकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो ।

५९ स्थापना दिवसको अवसरमा राष्ट्रिय वाणिज्य वैँकको आरुघाट शाखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने अधिकारी र श्रेष्ठलाई सम्मान गरिएको शाखा प्रवन्धक सुजन क्याप्छाकी मगरले जानकारी दिए ।

‘उत्कृष्ट निक्षेपकर्ताका रुपमा परिचित अधिकारी र उत्कृष्ट कर्जातर्फका ग्राहक भनेर रामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो’, शाखाका प्रवन्धक सुजन क्याप्छाकी मगले भने, ‘यो शाखाको स्थापनादेखि उहाँहरुको कारोबार निकै प्रशंसनीय रहेको पाइयो । त्यसैले असल कारोबारीलाई सम्मान गर्नु हाम्रो दायित्व हो भनेर सम्मान गरेका हौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार