• शनिबार, साउन ३० २०८३

नेपालमा १० हजार नाघ्यो काेराेनाकाे संक्रमित, आजै ५३८ जनामा संक्रमण


मंगलबार, असार ९ २०७७
750
Shares

काठमाण्डाै । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा थप ५३८ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५३८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २२३४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार