• शनिबार, साउन ९ २०८३

विधालयभित्र छात्रामाथी अभद्र व्यवहार गरेकाे आराेपमा एक युवक पक्राउ


मंगलबार, माघ ९ २०८०
1.8K
Shares

गोरखा । अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

गोरखा नगरपालिका १० बिरेनचोक स्थित रत्नराज्य माध्यामिक विद्यालय परिसर भित्र प्रवेश गरी विद्यालयकी छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा सोही ठाउँका २० वर्षीय मदन थापा मगर पक्राउ परेका हुन् ।

गत बिहीबार मगरले अनाधिकृत रुपमा प्रवेश गरी कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा संजिता ढकाललाई गाली गलौज तथा हातपात गरेकोले उनलाई पक्राउ गरिएको गोरखा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

उनलाई आइतवार पक्राउ गरि सोमबार निज विरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार