• शनिबार, साउन ९ २०८३

‍अमेरिकी डलरको भाउ स्थिर, कुन मुद्रा कतिमा हुँदैछ करोबार ?


मंगलबार, माघ ९ २०८०
1.4K
Shares

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।

 

अघिल्लो दुई दिन पनि अमेरिकी डलरको कारोबार सोही मूल्यमा भएको थियो ।

यसैगरी आज १८ पैसाले घटेको छ । मंगलबार युरो एकको खरिदमा १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९९ पैसा कायम गरिएको छ ।

सोमबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा तोकिएको थियो ।

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको सोमबार खरिददर १६८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रूपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७९ पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा कायम गरिएको छ ।

यता जापानी येन १० को खरिददर ८ रूपैयाँ ९६ पैसा कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९० पैसा तथा बिक्रीदर ९ रूपैयाँ ९४ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ६ पैसा र बिक्रीदर २८ रूपैयाँ १८ पैसा कायम गरेको छ ।

साथै कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ९२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार