• शनिबार, साउन ९ २०८३

प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षामन्त्री घाइते


सोमबार, माघ ८ २०८०
2.1K
Shares

काठमाडाैँ । प्रहरीको लाठी प्रहारबाट मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री महेश प्रसाद यादवकाे टाउकाे फुटेकाे छ।

मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका उनीमाथि प्रहरीले लाठी प्रहार गर्दा उनको टाउकोमा चोट लागेको हो । विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि उपेन्द्र यादव बनाएपछि उनी विरोधमा उत्रिएका हुन्  ।

शिक्षामन्त्री समेतलाई वेवास्ता गर्दै राखिएको शिलान्यास कार्यक्रमको जनमत पार्टीले विरोध गर्दै आएको छ । त्यस्तै उनीहरुले आफूहरुको पार्टी अध्यक्ष सिके राउतलाई उक्त कार्यक्रममा प्रमुख अतिथि बनाइनुपर्ने माग राख्दै विश्वविद्यालयमा तालाबन्दी समेत गरेका थिए ।

यस्तै मधेश प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री यादवले जबरजस्ती विश्वविद्यालयको शिलान्यास गरे त्यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवार उपकुलपति र रजिष्ट्रार नै हुने भनी आइतबार साँझ एक विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार