• आइतबार, साउन १० २०८३

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खाएकाे आरोपमा एक डाक्टर पक्राउ


सोमबार, माघ ८ २०८०
2.5K
Shares

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रकाे आराेपमा एक जना चिकित्सक पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रकाे आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले डाक्टर शम्वुद्ध भट्टाचार्यलाई काठमाडाैँबाट पक्राउ गरेको हाे ।

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।

उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

साेबारे विस्तृत अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार