गोरखा । गोरखामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो जिल्लाका बिभिन्न पालिकाको क्वारेन्टिनमा रहेका १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजु रवण न्यौपानेले सिभिलखबरलाई बताए ।
जसमध्ये ८ महिला र १० पुरुष रहेका छन् । यससंगै गाेरखामा काेराेना संक्रमितकाे संख्या ६९ पुगेकाे छ ।
संक्रमित देखिएका मध्ये सबै भन्दा बढी भीमसेन थापा गाउँपालिकाका रहेका छन् । जहाँ ८ महिला सहित १२ जना रहेको न्यौपानेले बताए ।
त्यस्तै शहिद लखन गाउँपालिकामा ३ जना संक्रमित थपिएका छन । जो तिनै जना पुरुष छन । त्यस्तै संक्रमण देखिएका मध्ये वारपाक सुलिकोट गाउँपालिकाका १, गण्डकी गाउँपालिकाका १, अजिरकोट गाउँपालिकाका १ पुरुष रहेका छन् ।
गोरखामा हिजो सोमबार मात्रै पनि ११ जनामा कोरोना देखिएका थियाे । भिमसेन थापा, शहिद लखन र गण्डकी गाउँपालिकामा गरी ११ जनामा कोरोना देखिएको थियो ।
उनिहरु हालसम्म आफु बसिरहेकै क्वारेन्टिनमा छन् । त्यस्तै हालसम्म गोरखामा संक्रमित भएका मध्ये ८ जना निको भएर जिल्ला अस्पतालबाट घर फर्किसकेका छन् ।