काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय अगाडि विभिन्न माग राखेर आन्दोलन थालिएको २६ दिन पुरा भएको छ । त्रिवि स्ववियुले पुस ११ गतेदेखि सिस्टम सुधारको लागि भन्दै आन्दोलन थालेको थियो । उक्त आन्दोलन विगत २५ दिनदेखि निरन्तर चलिरहेको छ । उक्त आन्दोलनप्रति विभिन्न विद्यार्थी सङ्गठनहरू ऐक्यबद्धता जनाउँदै आएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयलाई सुधारसहित रूपान्तरण गर्ने उद्देश्यले रचनात्मक तथा सिर्जनात्मक अध्यास मार्फत निर्णायक आन्दोलन लागिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले बताए ।
स्ववियुले परीक्षा नियन्त्रण कार्यालयबाट अनलाइनबाट सेवा दिनुपर्ने, कर्मचारीको खाजा खाने समय १ घण्टाबाट घटाएर ३० मिनेट राख्नुपर्ने, फोन गर्दा उठ्ने हटलाइन नम्बर राख्नुपर्ने, बल्खुबाट दिने सेवा त्रिविका अरू क्षेत्रीय कार्यालयबाट पनि दिनुपर्ने, त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने लगायतका माग राखेर स्ववियुले आन्दोलन गर्दै आएको हो ।