• मंगलबार, असोज १३ २०८३

अस्ट्रेलियामा अलपत्र २५९ जना नेपाली आज आउँदै


मंगलबार, असार ९ २०७७
1K
Shares

काठमाण्डाै । कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा अलपत्र नेपालीलाई फर्काउन सुरु गरिएको छ। आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत त्यहाँबाट २ सय ५९ नेपाली काठमाडौं आइपुग्दैछन्।

जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन्। नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन्।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन्। तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको नेपाली दूतावासले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार