• शनिबार, साउन ९ २०८३

जलवायु परिवर्तनको क्षति न्यूनीकरणका लागि ‘नेचरबेस सोलुशन’मा जान जाेड


शुक्रबार, माघ ५ २०८०
1.5K
Shares

काठमाडौँ । विज्ञहरुले जलवायु परिवर्तनको क्षति न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधान (नेचरबेस सोलुशन) मा जान जोड दिएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित जलवायु परिवर्तनको क्षति न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधान राष्ट्रिय स्तरको गोष्ठीमा बोल्दै विज्ञहरुले यस्तो धारणा राखेका हुन् ।

उनीहरुले नेपालले पनि जलवायुजन्य विपद् न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधानको योजना बनाउन आवश्यक रहेको बताए ।

उनीहरुले जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा परापूर्वकालदेखि प्रयोग गरिरहेका ज्ञान, सीपहरुको प्रयोग गरेर क्षति न्यूनीकरण गर्नसक्ने बताए । उनीहरुले प्रकृतिमा भएको श्रोतहरुको प्रयोगबाट पनि क्षति कम गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै चुरे तराई—मधेस संरक्षण विकास बोर्डका अध्यक्ष किरण पौड्यालले प्रकृतिमा आधारित समाधानमा केन्द्रित भएर जलवायुजन्य विपद्बाट भएका क्षति न्यूनीकरण गर्न सकिने बताए  । उनले परिस्थिति र रुपान्तरणलाई बुझेर क्षति कम गर्नका लागि प्रकृतिमा आधारित समाधान जरुरी भइसकेको बताए । उनले प्रकृतिमा आधारित समाधानका लागि राजनीतिक तहको स्वीकारोक्ति र नीति निर्माणको आवश्यकता रहेको बताए ।

अध्यक्ष पौड्यालले जलवायुजन्य असर कम गर्नका लागि स्थानीय सरकारले पनि प्रकृतिमा आधारित समाधानका नीति ल्याउन जरुरी रहेको बताए । उ

कार्यक्रममा बोल्दै डिसिए नेपालकी राष्ट्रिय निर्देशक सम्झना बिष्टले जलवायु परिवर्तनका समस्या न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव राजु सापकोटाले प्रकृतिमा आधारित समाधानको बुझाइमा एकरुपता बनाउन जरुरी रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार