• शुक्रबार, साउन ८ २०८३

स्वास्थ्य बीमामा सूचीकृत अस्पतालले ओपिडीमा ५० र र इमर्जेन्सीमा एक सय रुपैया मात्र लिन पाउने


शुक्रबार, माघ ५ २०८०
1.2K
Shares

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाका लागि ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ। बीमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बीमामा आबद्ध बिमितलाई स्वास्थ्य बीमा अन्तर्गतको ओपिडीमा ५० र इमर्जेन्सीमा एक सय रुपैयाँ शुल्क निर्धारण गरेको हो।

यसअघि बोर्डले ओपिडीमा दुई सय र इमर्जेन्सीमा चार सय रूपैयाँ शुल्क तोकेको थियो।

बोर्डका शाखा अधिकृत यशोदा अर्यालका अनुसार बोर्डले ओपिडी र इमर्जेन्सी शुल्क तोकी बीमा व्यवस्थापन सूचना प्रणालीमा मिलाइएको जानकारी दिइन् । निर्धारण गरिएको  यसै अनुसारको शुल्क लागू गर्न बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनुरोध समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार