• शुक्रबार, साउन ८ २०८३

बर्दीबासमा सरकारले मेडिकल कलेज बनाउने


शुक्रबार, माघ ५ २०८०
1.6K
Shares

काठमाडाैँ । बर्दीबासमा सरकारी मेडिकल कजेजको निर्माण कार्य सुरु हुने भएको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बर्दीबासमा मेडिकल कलेज निर्माणको काम अघि बढाउन स्वीकृति दिने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद् बैठकले बर्दीबासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरु पालना गर्नेगरी महोत्तरीको बर्दीबास नगरपालिका- ४ मा पर्ने माइस्थान सामुदायिक वन क्षेत्रको ५४ दशमलव ५८४ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ।

बर्दिबास मेडिकल कलेज क्षेत्रको जग्गामा रहेका विभिन्न प्रजातीका १ हजार ९६७ वटा रुख तथा पोल हटाउन स्वीकृति दिने निर्णय पनि बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।

सरकारले बर्दिबासमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेपछि २०७६ बैशाख १८ गते बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयको स्थापना भई जग्गा प्राप्तीको काम अघि बढेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार