काठमाडौं । काठमाडाैँमा ‘हिमालयन इन्टरनेशनल भास्कुलर समिट–२०२४’ सुरु भएको छ।
नेपाल भास्कुलर सोसाइटीको आयोजनामा सुरु भएकाे सम्मेलन भाेलीसम्म चल्नेछ । ‘ब्रिजिङ बोर्डर्स इन मेडिकल एक्सिलेन्स’ नाराका साथ सुरु भएकाे सम्मेलन भाेली शुक्रबार सकिने बताइएकाे छ ।
आयाेजक भास्कुलर सोसाइटी नेपाल अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार ४० भन्दा बढी देशबाट प्रतिनिधिहरु सम्मेलनमा सहभागि छन् ।
समेलनमा भास्कुलर संकायसंग जोडिएका विज्ञ, चिकित्सक, अनुसन्धानकर्ता, भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्स तथा विद्यार्थी लगायत गरी करिब ३ सय ५० जनाकाे सहभागिता रहेकाे आयाेजकले जनाएकाे छ ।
सम्मेलनमा विश्वका ४० बढी देशबाट आएका विज्ञ, चिकित्सक तथा अनुसन्धानकर्ताहरुबाट भास्कुलर मेडिसिनको ज्ञान र अनुभवहरू आदानप्रदान भइरहेकाे छ ।
डा. पाण्डेले सम्मेलनमा भास्कुलरका बारेमा भएका नयाँ-नयाँ खोज, अध्ययन् अनुसन्धान र उपचारका बारेमा प्रस्तुतिकरण तथा छलफल भइरहेकाे बताए । उनले यसबाट नेपाल र नेपालको स्वास्थ्य क्षेत्रलाई विश्वजगतलाई चिनाउन तथा नेपालले विश्वका उत्कृष्ठ उपचार सेवाबारे सिक्न तथा थाहा पाउन मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।
सम्मेलनमा सहभागी हुन वर्ल्ड फेडरेसन अफ भास्कुलर सोसाइटीका अध्यक्ष, युरोपियन भास्कुलर सोसाइटीका अध्यक्ष, एसियन सोसाइटीका अध्यक्ष, सार्क सोसाइटीका अध्यक्ष, भारत, बंगलादेश, सिंगापुर, मलेसिया लगायतका देशका भास्कुलर सोसाइटीका अध्यक्षहरु काठमाडौँ आएका छन्।
यस्तै भारतकाे प्रशिद्ध मेदान्ता–द मेडिसिटी अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिनियर कार्डियाक सर्जन पद्मभूषण प्रा डा नरेश त्रेहान समेत सम्मेलनमा सहभागि छन् ।
सम्मेलनपश्चात आयाेजकले विभिन्न वेल्थकेयर सेटिङहरूमा भास्कुलर मेडिसिनको समग्र बुझाइ र अनुप्रयोगलाई बढावा दिने लक्ष्य राखेकाे छ ।
दुई दिनसम्म चल्ने सम्मेलनकाे ब्यवस्थापन इभेन्टिक नेपालले गरेकाे अध्यक्ष पेशल भट्टराईले बताए ।