• शुक्रबार, साउन ८ २०८३

संसदीय समितिले एमडीएमएस र टेरामक्स खरिदका कागजात झिकायो


बिहिबार, माघ ४ २०८०
1.5K
Shares

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विदेशबाट ल्याइने मोबाइल फोन दर्ता गर्ने मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स खरिदसम्बन्धी अहिलेसम्मका सबै कागजात झिकाउने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले उक्त दुई प्रणाली खरिदमा देखिएको अनियमितताबारे अध्ययनका लागि अहिलेसम्मका सबै विवरणसहितको कागजात ७ दिनभित्र  झिकाउने निर्णय गरेको हो।

यो प्रविधि भित्र्याउने बेलामा भएको ठेक्का प्रक्रिया, अदालतको आदेश, भुक्तानी र अध्ययन प्रतिवेदन लगायत कागजात झिकाउने निर्णय भएको सभापति भानुभक्त जोशीले जानकारी दिए।

टेरामक्स प्रविधि आवश्यक हो वा होइन भन्दै सांसदहरुले त्यसबारे जानकारी गराउन समितिमा माग गरेका थिए।

मन्त्रालयको आधिकारिक धारणासमेत माग गर्ने निर्णय भएको सभापति जोशीले जानकारी दिए। यसबारे विज्ञहरू बोलाएर छलफल गरिने पनि उनले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार