• शनिबार, साउन ९ २०८३

विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिको बैकाल गैरी चरा नारायणी नदीमा फेला


बुधबार, माघ ३ २०८०
1.3K
Shares

काठमाण्डौ – विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । नारायणी नदीमा पक्षी गणनाका क्रममा हाँस प्रजातिको बैकाल गैरी चरा भेटिएको हो ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो ।

त्यस्तै यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।

गएको वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएकामा यस पटक भने ४१ प्रजातिका चरा भेटिएका हुन् ।

पक्षी गणनाका क्रममा गएको वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गएको वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार