• शनिबार, साउन ९ २०८३

कोरियन भाषा परीक्षाकाे मिति सर्‍यो


मंगलबार, माघ २ २०८०
1.5K
Shares

काठमाडौँ- रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ ।  जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो ।

ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा हुने गरी परीक्षा सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

 

‘प्राविधिक समस्याका कारण केही ई-मेलमा समस्या आएकोले केही समय सारिएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफाई गर्न समय लाग्ने भएकाले समय सारिएको हो,’ उनले भने ।

कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार