• शनिबार, साउन ९ २०८३

एनएसीको वाइडबडीमा समस्या, काठमाडौं-कतार उडान रद्द हुँदा ५३० यात्रु अलपत्र


मंगलबार, माघ २ २०८०
1.3K
Shares

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या आएपछि काठमाडौं-दोहा-काठमाडौं दुईतर्फी उडान रद्द भएको छ।

अचानक उडान रद्द हुँदा उक्त रुटको टिकट काटिसकेका दुवैतिरका गरि ५३० यात्रु अलपत्र परेका छन्। सोमबार राती २७६ यात्रुसहित काठमाडौं-दोहा उडान तालिका रहेको निगमको ९एन-एएलजेड कलसाइनको जहाजमा प्राविधिक समस्या आएको हो। उडान गर्न नसक्ने अवस्था आएपछि रद्द गरिएको निगमका एक कर्मचारीले बताए।

‘जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमै समस्या आएका कारणले गर्दा उडान रद्द भएको हो,’ उनले भने, ‘अहिले जहाज मर्मतका लागि ग्राउण्डेड अवस्थामा छ।’

जहाजमा समस्या आउँदा दोहाबाट काठमाडौं आउन टिकट काटिसकेका २५४ यात्रु अलपत्र  परेका छन्। दुई न्यारोबडी र दुई वाइडबडी गरि कुल चारमध्ये दुई जहाज ग्राउन्डेड भएपछि निगमको उडान तालिका थप प्रभावित भएको छ।

४५ दिनयता ग्राउन्डेड निगमको ९एन-एकेएक्स कलसाइनको जहाज अहिले इजरायलमा ग्राउन्डेड छ। उक्त जहाज मर्मत सम्भार भएर कहिले फिर्ता आउँछ भन्ने टुंगो छैन। थप एउटा वाइडबडी ग्राउन्डेड  भएपछि निगमको हङकङ, नारिता लगायत गन्तव्यका उडान प्रभावित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार