• शनिबार, साउन ९ २०८३

गोरखा सहित गण्डकीमा थपिए ५३ जना काेराेना संक्रमित


सोमबार, असार ८ २०७७
850
Shares

गोरखा । गण्डकी प्रदेशमा साेमबार साँझ थप ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै प्रदेशभर ५ सय ९३ जनामा काेराेना पुष्टि भएकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीसहित, तनहुँ, गाेरखा, स्याङ्जा, बागलुङ, लमजुङ, पर्वत र नवलपुरमा गरी ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

साेमबार गोरखामा ११ जना काेराेना संक्रमित थपिएका छन ।

गोरखाकाे भिमसेन थापा गाउँपालिकाका २ महिला र ३ पूरुष गरी ५ जना गण्डकी गाउँपालिकाका ३ पूरुष र शहिद लखन गाउँपालिकाका ३ पूरुष गरी ११ जनामा स‌क्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय गाेरखाका सुचना अधिकारी राजु रवण न्याैपानेले सिभिलखबरलाई बताए ।

यस संगै गोरखामा संक्रमितकाे संख्या ५१ पुगेकाे छ भने ८ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार