• शनिबार, साउन ९ २०८३

सर्वसाधारणलाई शेयर जारी गर्ने मौलाकाली केवलकारको निर्णय


आइतबार, पुष २९ २०८०
1.9K
Shares

चितवन । मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने भएकाे छ । गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।

त्यस्तै केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष उनले बताए ।

नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो ।

शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेकाे स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार