• शनिबार, साउन ९ २०८३

भीमसेन, गण्डकी र शहिद लखनमा गरी थप ११ जनामा काेराेना पुष्टि


सोमबार, असार ८ २०७७
860
Shares

गोरखा । गोरखामा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ ।

साेमबार बेलुका गोरखाकाे भिमसेन थापा गाउँपालिकाका २ महिला र ३ पूरुष गरी ५ जना गण्डकी गाउँपालिकाका ३ पूरुष र शहिद लखन गाउँपालिकाका ३ पूरुष गरी ११ जनामा स‌क्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय गाेरखाका सुचना अधिकारी राजु रवण न्याैपानेले सिभिलखबरलाई बताए ।

संक्रमण देखिएका अधिकांश भारतबाट आएर बिभिन्न क्वारेन्टिनमा बसेकाहरु रहेको बताइएको छ । जसमा शहिद लखनको भगवती हिमालय मावि घैरुङको क्वारेन्टिनमा रहेका २ जना पुरुष र महारुद्र आधारभुत विद्यालयमा बसेका १ पुरुष रहेका छन ।

त्यस्तै गण्डकी गाउँपालिकाको ताङ्लीचोक मावि, दीर्घेश्वर मावि र भैरवाश्रम माविको क्वारेन्टिनमा रहेका १/१ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ ।

यसै गरी भिमसेन थापा गाउँपालिकामा देखिएका ५ मध्ये प्रभात मावि धावाको क्वारेन्टिनमा रहेका ४ जना र सिद्धकाली मावि तान्द्रङमा रहेका १ जना रहेका छन् ।

केहिदिन अघि उनिहरुको कोरोना परिक्षणका लागि गण्डकी प्रदेश क्षयरोग प्रयोगशालामा स्वाव संकलन गरी पठाइएको थियो ।

योसंगै गोरखामा संक्रमितको संख्या ५१ पुगेको छ भने गोरखा अस्पतालको आइसोलेसनमा रहेका ८ जना निको भएर घर फर्किसकेका छन् ।

यता गण्डकी प्रदेशमा सोमबार बेलुका एकैपटक ५३ जना संक्रमित बढेका छन् । यो संगै प्रदेशभर गरी ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार