• मंगलबार, असोज १३ २०८३

पाल्पामा पहिराे : दुईवटा गाडी पुरिए, दुईजनाको मृत्यु


सोमबार, असार ८ २०७७
1000
Shares

पाेखरा । पाल्पामा सोमबार बेलुकी पहिरोले दुईवटा गाडी बगाएको छ। 

पाल्पा-गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरास्थित सम्मोबारीमा पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुर्दा दुईजनाको मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ।

पहिरोमा कम्तीमा दुईवटा गाडी परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो। उनका अनुसार एउटा ती गाडी क्षतविक्षत अवस्थामा छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार