• शनिबार, साउन ९ २०८३

५ सय ३५ जना कोरोना पुष्टि, संक्रमितकाे संख्या १० हजार नजिक


सोमबार, असार ८ २०७७
830
Shares

काठमाण्डाै । आज नेपालमा जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संक्रमित थपिएका हुन्।

आज थपिएकामध्ये ७४ महिला र ४ सय ६१ पुरुष रहेका छन्।

योसँगै कुल संक्रमित संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ। यसमध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ जना पुरुष रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २२ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा पीसीआर ६ हजार १ सय ९८ परीक्षण भएको बताए।

उनले क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ र डिस्चार्ज हुनेमा ३ सय ७० जनासहित आजसम्म २ हजार १ सय ४२ जना डिस्चार्ज भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार