• शनिबार, साउन ९ २०८३

पाँच वर्षका लागि एमक्यापको म्याद थप


बुधबार, पुष २५ २०८०
1.5K
Shares

गोरखा । मनासलु संरक्षण आयोजना (एमक्याप)को म्याद थप भएको छ । पुस ५ गते बसेको मन्त्रिपरिषदको बैठकले आयोजनाको म्याद थप गर्ने निर्णय गरेको हो ।

‘एमक्यापको म्याद २०८५ असार मसान्तसम्म थप गर्ने निर्णय भएको जानकारी हामीलाई प्राप्त भएको छ,’ एनक्यापका सन्तोष शेरचनले भने,‘अब भने आयोजना सम्बन्धी अन्यौलता समाप्त भएको छ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्य संरक्षण ऐन २०२९ को दफा १६ ख बमोजिम राष्टिूय प्रकृति संरक्षण कोष मातहतका मनास्लु संरक्षण आयोजना (एमक्याप)र अन्नपूर्ण संरक्षण क्षेत्र(एमक्याप) को म्याद थप गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको उनले बताए ।

उत्तरी गोरखाको मनासलु क्षेत्रको संरक्षण र सो क्षेत्रका नागरिकको हितका लागि भन्दै २०५३ सालमा पुस १३ गते एमक्यापको स्थापना भएको थियो ।

२०७७ साल असार १३ गते म्याद सकिए लामो समय थप हुन सकेको थिएन् । ‘यो आयोजनाले गर्ने भनेको एकिकृत संरक्षण तथा बिकासको हो,’ उनले भने,‘स्थानीयको आवश्यकता पुरा गर्न सहयोग गर्ने, त्यहाँको जैबिक विविद्यता र वन्यजन्तुको संरक्षण गर्ने, जडिबुटी र वनपैदावारको समुचित उपयोग गर्ने कुरामा सहजिकरण गर्ने काम आयोजनाले गर्छ ।’ उक्त निर्णय भएसँगै अबको ४ महिना भित्र आयोजनाको योजना र कार्यक्रम पेश गर्न कार्यालयलाई निर्देशन प्राप्त भएको शेरचनले जानकारी दिए ।

उक्त आयोजनाले प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण, जगेर्ना, विकास र प्रचारप्रसारको काम एमक्यापले गर्दै आएको छ। जडीबुटी बिक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षणसम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायत काम गर्दै आएको छ । म्याद थप नहुँदा सो क्षेत्रका स्थानीयको जनजिवीकामा समेत प्रभाव परेको भन्दै गुनासो हुँदै आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार