काठमाडाैँ । संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी संघ संगठनहरुसँग गरेको सन्धि सम्झौताहरुको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सो प्रीतलिपी उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिइन्।
उनले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइन्।