• शनिबार, साउन ९ २०८३

तनहुँमा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु


बुधबार, पुष २५ २०८०
1.2K
Shares

तनहुँ । तनहुँमा आज बिहान भएको जिप दुर्घटनाका घाइते भएका १२ जनामध्ये २ जनाको मृत्यु भएको छ।

मृतक दुबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणले जानकारी दिए।

मृत्यु हुनेमा नवलपराीको बौद्धकाली गाउँपालिका २ का ४२ वर्षीय रुमबहादुर विक र सोही ठाउँका ५५ वर्षीय जेमलाल दराई छन्।

भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा नजिक आज बिहान साढे नौ बजे ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १० मध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारको लागि पोखरा रेफर गरिएको डीएसपी खाणले बताए।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए।

घाइतेलाई प्रहरीले उद्धार गरेर भिमादस्थित जीपी कोइराला अस्पताल लगेको छ। ‘दुई घाइतेको भिमाद अस्पतालमै मृत्यु भएको हो। गम्भीर अवस्थाका थप ३ जनालाई त्यहाँबाट पोखरा रेफर गरिएको छ,’ नेपालखबरसँग डीएसपी खाणले भने।

तीव्र गतिको कारण जिप दुर्घटना परेको अनुमान छ। जिप घुम्ती सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। पोखराबाट यात्रु लिएर पाल्पा जाँदै गरेको जिप दुर्घटनामा परेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार