• शनिबार, साउन ९ २०८३

मानव तस्करीको आरोपमा गोरखाका सुनार पक्राउ

वैदेशिक राेजगारीका नाममा ठगी


सोमबार, पुष २३ २०८०
2.7K
Shares

काठमाडाैँ । मानव तस्करीकोे आरोपमा प्रहरीले गोरखाका एक युवालाई नियन्त्रणमा लिएको छ । पिडितको जाहेरीको आधारमा प्रहरीले गोरखा नगरपालिका १ का अर्जुन श्रेष्ठ भनिने ३१ बर्षका अर्जुन सुनारलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका ३१ मिलनचोकमा बस्दै आएका सुनारले शंकर कार्की, राजन राई र विकास राईलाई आकर्षक तलब पाउने प्रलोभनमा पारेर रुस पठाउने भन्दै प्रतिव्यक्ति ६/६ लाख रुपैया असुल गरी रुस पठाएका थिए । कार्की रसिया पुगेपछि त्यहाँ थप आठसय डलर माग्दै रसियन आर्मीमा भर्ती गराईदिने भनेपछि पिडित नेपाल फर्किएर उजुरी गरेका थिए ।

सुनार आलास्का ट्राभल्सको सञ्चालक समेत रहेको प्रहरीको भनाई छ । त्यस्तै सुनारसंगै सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा नम्बर १ घर भई काठमाण्डौ जोरपाटी बस्दै आएका ३५ बर्षका शेखर भन्ने शेरबहादुर राईलाई पनि सोही आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुनार र राईले कार्कीले एसएलसीसम्म मात्र पढेको भएपनि उनीहरुले सवै आवश्यक नक्कली कागजात समेत बनाएको खुलेको छ । पक्राउ परेका दुवैजनालाई मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार