• आइतबार, साउन १० २०८३

छेकमपारमा पुल बग्यो, ल्हार र लामागाउँ आवत जावतमा समस्या


सोमबार, असार ८ २०७७
1.3K
Shares

गोरखा । केहिदिनदेखिको अबिरल बर्षाका कारण गोरखाको उत्तरी क्षेत्रमा काठे पुल बगाएको छ ।

चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारको ल्हार र लामागाउँ जोड्ने काठको पुल आइतबार दिउँसो करिब १ बजे बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

छेकम्पारमा रहेको स्यार खोलामाथिको ३० फिट लामो सो पुलमा बाढीले क्षती पु¥याएपछि मानविय दुर्घटना भने नभएको एसपी गुरुङले बताए ।

पुल बगाउदा ल्हार र लामागाउँबिचको आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार