• सोमबार, साउन ११ २०८३

मनसुन देशैभर फैलियो, धेरै स्थानमा बाढी पहिराेकाे जाेखिम


सोमबार, असार ८ २०७७
675
Shares

काठमाण्डाै । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्न) मा लाग्न आह्वान गरेको छ।

महाशाखाका अनुसार यही जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको हो।

योसँगै आज (सोमबार) देखि हिजो/अस्तिभन्दा वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले विशेष बुलेटिन जारी गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

उनका अनुसार अहिले (सोमबार बिहान ६ बजे) पनि देशभर मौसम बदली छ र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आज देशैभर वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा भारी वर्षाको समेत सम्भावना बताइएकाे छ ।

सोमबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छः

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार