• शुक्रबार, साउन ८ २०८३

माओवादीले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम


आइतबार, पुष २२ २०८०
1.6K
Shares

काठमाडाैँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

सोमबार उम्मेदवारी मनोनय गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो।

माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो।

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभाका १९ वटै सिटको भागबन्डा गरेको थियो।

जसअनुसार माओवादी भागमा ६ सिट परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार