काठमाण्डाै । विश्वभर कोरोनाबाट अहिलेसम्म विश्वभर चार लाख ६९ हजार ६ सय तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने संक्रमितको संख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार तीन सय ९५ पुगेको छ।
संक्रमितमध्ये ४७ लाख ९६ हजार आठ सय ३७ उपचारपछि निको भएका छन् भने ३७ लाख ७१ हजार पाँच सय १० जना उपचारको क्रममा छन्। यो तथ्यांक सोमबार बिहान ६ बजेसम्मको हो।
संक्रमितमध्ये ५४ हजार सात सय १९ जनाको अवस्था मात्रै गम्भीर छ। बाँकी सबै संक्रमितको अवस्था सामान्य छ।
काेराेनाबाट अमेरिकामा मात्रै एक लाख २२ हजार दुई सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।