• शनिबार, साउन ९ २०८३

जीवन बीमा कम्पनीले ४ प्रतिशतले बढाए व्यवसाय, ५ महिनामा पौने ६२ अर्ब प्रिमियम संकलन


शुक्रबार, पुष २० २०८०
1.3K
Shares

काठमाडौं। जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरसम्म १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन्। यो प्रिमियम रकम पोहोर ५ महिनाको तुलनामा ३.७५ प्रतिशत बढी हो।

गत आर्थिक वर्ष मंसिरसम्म जीवन बीमा कम्पनी(लघुबीमा बाहेक)ले ५९ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए। जीवन बीमा कम्पनीले यो वर्ष २ अर्ब २४ करोड रुपैयाँले व्यवसाय बढाएका हुन्।

यस अवधिमा ठूला जीवन बीमा कम्पनीले ६१ अर्ब ७४ करोड बीमा शुल्क संकलन गर्दा लघुबीमा कम्पनीको व्यवसाय १ करोड रुपैयाँमा सीमित छ।

पाँच महिनामा सबैभन्दा धेरै नेपाल लाइफले १६ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। आक्रामक व्यवसाय भने प्रभु महालक्ष्मी लाइफले गरिरहेको छ। यो कम्पनीले १५.९३ प्रतिशतले व्यवसाय बढाएको छ। तीन कम्पनीको बीमा शुल्क आर्जन भने घटेको छ।

सबैभन्दा कम प्रिमियम सन नेपाल लाइफले संकलन गरेको छ। उसले १ अर्ब ४४ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको हो।

अर्थतन्त्रमा मन्दीका कारण समग्र वित्तीय क्षेत्रको व्यवसायमा सुधार आउन सकेको छैन। त्यसको असर बीमा व्यवसायमा समेत परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार