• शनिबार, साउन ९ २०८३

सर्लाहीको बरहथवामा झडप, एकजनाको मृत्यु


शुक्रबार, पुष २० २०८०
1.3K
Shares

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको स्थानीयले बताएका छन् ।

स्थानीयले प्रहरीको गोली लागेर मृत्यु भएको बताए पनि यसको पुष्टि भइसकेको छैन । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेका अनुसार मृत्यु भएको जानकारी प्राप्त भए पनि के कारणले मृत्यु भएको हो भन्ने यकिन नभएको बताए ।

प्रदर्शन स्थलमा मोटरसाइकले साइकलमा सवार एक जनालाई ठक्कर दिएको खबर पनि आएको भन्दै घिमिरेले प्रहरीको गोली लागेर वा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको भन्ने यकिन नभएको बताए ।

घटनाको अनुसन्धानका लागि स्थानीयले प्रहरीलाई घटनास्थलमा जान नदिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार