• शनिबार, साउन ९ २०८३

पक्राउ परे टुटलका संस्थापक शिक्षित भट्ट


शुक्रबार, पुष २० २०८०
1.2K
Shares

राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भट्टटलाई बिहीबार पक्राउ गरेको हो।

काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भट्टलाई आपराधिक विश्वासघात र प्रतिलिपि अधिकार संरक्षणको उजुरीका आधारमा पक्राउ गरिएको बताएका छन्।

साझेदारहरूको विवादबीच शिक्षित भट्टले टुटललाई अघि बढाएका थिए। तर विवाद बढ्दै गएपछि दुई वर्षअघि टुटल बन्द भएको थियो।

तर भट्टले फेरि केही महिना अघिदेखि टुटललाई सञ्चालनमा ल्याएका थिए। यहीबीचमा टुटल छाडिसकेका उनका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिए।

त्यो उजुरी पनि अहिले काठमाडौं प्रहरी परिसरमा आइपुगेको छ। प्रहरीले पक्राउ परेका भट्टलाई अब आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थप्न लागेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख खत्रीले भट्टलाई म्याद थपका लागि अदालत पठाउन लागिएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार