• शनिबार, साउन ९ २०८३

विद्यार्थीलाई सीप सिकाउन शहिद लखनका विद्यालयमा च्याउ खेती


शुक्रबार, पुष २० २०८०
2.1K
Shares

गोरखा । विद्यार्थीलाई व्यवसायीक सीप सिकाउन शहिद लखन गाउँपालिकाले विद्यालयमै च्याउ खेती कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाको नियमित कार्यक्रम अन्र्तगत पालिका भित्रका विद्यालयमा यो वर्ष पनि च्याउ खेती गर्न लागिएको छ । विगत ३ वर्षदेखि मनकामना माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।

यस वर्ष देखि मनकामना सहित ८ विद्यालयमा च्याउ लगाउन लागिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख राजेन्द्र खनालले बताए । ‘यहि पुसदेखि नै पालिका भित्रमा केही विद्यालयमा च्याउ खेती सुरु भइसकेको छ,’उनले भने,‘केहीमा भने सञ्चालनको तयारीमा छ ।’

च्याउ खेतीको लागि मनकामना मा.विमा १६ के.जी, बक्रेस्वरी मा.विमा ८ के.जी, जलदेवी मा.वि मा ३ के.जी, भगवती हिमालय मा.वि ४ के.जी, हिमालय मा.वि ३.३ के.जी, शहिद स्मृति मा.विमा ५ के.जी, रामेश्वरी मा.विमा ३ के.जी, जनशक्ति माविमा ४ के.जी च्याउको स्पाम (बिऊ) गइसकेको उनले बताए ।

‘हाम्रो मुख्य उदेश्य भनेको विद्यार्थीलाई सीप सिकाउनु र व्यवसायीक कृषि तर्फ आर्कषित गर्नु हो,’गाउँपालिका शिक्षा शाखा प्रमुख खनालले भने,‘उत्पादित च्याउ खाजाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।’

पालिकाले टनेल सहितको खेती गर्ने विद्यालयलाई प्रोत्साहानको पनि निति लिएको उनको भनाई छ । ‘टनेल सहितको च्याउ खेती गर्ने विद्यालयलाई पालिकाले सोही अन्र्तगतको अन्य कार्यक्रमको लागी पनि मद्धत गर्ने छ,’उनले भने । यस कार्यक्रमले घरमै च्याउ खेती गर्न पनि प्रोत्साहान हुने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार