गोरखा । गोरखा नगरपालिका वडा नम्बर ७ स्थित गोरखा क्याम्पसमा ७० बेडको आइसोलेशन निर्माण सम्पन्न भएको छ । जिल्लाका ११ वटै स्थानीय तहको सामुहिक लगानीमा गोरखा क्याम्पसमा शनिवार साँझसम्म ७० बेडको आइसोलेशन तयार भएको हो ।
एक सय बेडकाे क्वारेन्टिन सहितकाे आइसाेलेसन निर्माण गर्ने लक्ष्य राखिएकाे क्याम्पसमा अब ३० बेड निर्माण गर्न बाँकी रहेकाे जिल्ला समन्वय समितीका प्रमुख एवं निर्माण कार्य सम्पादन समितका संयाेजक अशाेक गुरुङले बताए ।

आईसाेलेसन निर्माणको प्राविधिक सहयोग शहरी आवास तथा भवन डिभिजनले गरेको छ भने ब्यवस्थापनमा नेपाली सेनाले श्रमदान गरेको छ । जिल्ला अस्पतालमा रहेको २५ बेडको आइसोलेशन भरिएपछि थप बिरामीका राख्न गोरखा क्याम्पसमा एक सय बेडको आइसोलेशन बनाउन गत जेठ २६ गतेकाे सर्वपक्षिय बैठकले निर्णय गरेकाे थियो ।

बिहीबार ११ र शुक्रबार ५ जना संक्रमित थपिएपछि उनीहरु राख्ने ठाउँ नहुँदा रातारात आइसोलेशन निर्माण गरिएको हो । विद्युत, खानेपानी, शौचालय, पर्दा कार्पेट, इन्टरनेट, सिसिटिभी लगायतका सुबिधा सहितको आइसोलेशन बनाइएको छ । आइसोलेशन निर्माणका लागि गोरखाका ११ वटै स्थानीय तहले ५/५ लाख रकम लगानी गर्ने निर्णय भएकाे थियाे ।
भिडिओ हेर्नुस यस्ताे बन्दैछ गोरखा क्याम्पसमा आईसाेलेसन