• शनिबार, साउन ९ २०८३

स्वास्थ्य मन्त्रालयले भन्यो– काेराेनाकाे नयाँ भेरिअन्ट देखियाे, जनस्वास्थ्यका मापदण्डहरु पूरा गर्नू


बुधबार, पुष १८ २०८०
2.4K
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूरा गर्न आग्रह गरेको छ ।

मंगलबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मेला, भोज, पार्टी आदिमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरेका हुन् ।

मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन अनुरोध गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक निगरानी भइरहेको जानकारी दिएको छ । यस्तै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

s

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार