गण्डकी प्रदेशमा शनिबारमात्रै १०८ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले शनिबार बिहान र बेलुका गरी दुई पटक सार्वजानिक गरेकाे सुचनामा १ सय ८ जना संक्रमित थपिएकाे बताईएकाे छ ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ४८८ पुगेको छ ।
शनिबार बिहान ७ जिल्लाका ५८ जनामा कोरोना पुष्टि भएकोमा साँझ ४ जिल्लाका ५० जना थप भएका हुन् ।
त्यस्तै शनिबार पहलाे पटक मुस्ताङमा समेत संक्रमित भेटिएका छन ।
अहिलेसम्म मुस्ताङबाहेक प्रदेशका १० जिल्लामा कोरोना संक्रमित भेटिएका थिए ।
गण्डकीमा सबैभन्दा धेरै कोरोना संक्रमित नवलपुर जिल्लामा छन् ।