गोरखा । शहीद लखन गाउँपालिका-७ नम्बर वडाले समयअगावै भवन निर्माण र ढल व्यवस्थापन गर्ने उपभोक्ता समितिलाई सम्मान गरेको छ। वडा कार्यालयले मंगलबार एक कार्यक्रम गर्दै आरुश्वाँरा सामुदायिक भवन निर्माण उपभोत्ता समिति र पहिरो खोला ढल व्यवस्थापन समितिलाई सम्मान गरेको हो।
समयअगावै निर्धारित योजनाको काम सकेकाले वडालले सम्मान गरेकाे बताइएकाे छ। त्यस्तै बुङ्कोटभित्र सञ्चालन भइरहेका योजना तथा कार्यक्रमको पनि समीक्षा गरिएकाे वडाध्यक्ष शरण श्रेष्ठले बताए ।