• शनिबार, साउन ९ २०८३

वीरको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट


मंगलबार, पुष १७ २०८०
1.2K
Shares

काठमाडौँ । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ ।

रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाँससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार