• मंगलबार, भाद्र २ २०८३

उकालाे लाग्दै काेराेना : आजै थपिए ३ सय ३१ जना संक्रमित


शनिबार, असार ६ २०७७
835
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। जसमा ७५६ महिला र पुरुष ७ हजार ८४९ रहेका छन्।

संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार