काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकप्टरबाट उद्धार गरेका छन्।
सांसद बजगाईँले उत्तरी गोर्खाको चुम्नुब्री छेकम्पारका ७२ वर्षीय फुन्जो लामालाई काठमाडौं ल्याएका हुन् ।
केही वर्षयता उनले दुर्गम गाउँका बासिन्दाको हेलिकोप्टरमा उद्धार गर्दै आएका छन्। गम्भीर बिरामी फुन्जो लामालाई काठमाडौँमा उपचार भइरहेको छ ।