• शनिबार, साउन ९ २०८३

केन्द्र सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा


शुक्रबार, पुष १३ २०८०
1.6K
Shares

केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै केन्द्रीय सरकारलाई दबाब दिन आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्।

केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रमअन्तर्गत आज उनीहरुले हेटाैँडामा बैठक गर्न लागेका हुन्।

सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

उक्त संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, बित्त/आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल हुने भएको छ ।

बिहीबार र शुक्रवार हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहने भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार