• सोमबार, साउन ११ २०८३

गोरखा अस्पतालको आइसोलेसनमा रहेका ८ जनाले जिते कोरोना (फाेटाे फिचर)


शनिबार, असार ६ २०७७
2K
Shares

गोरखा । कोरोना संक्रमण देखएपछि जिल्ला अस्पताल गोरखाको आइसोलेसनमा रहेका ८ जना डिस्चार्ज भएका छन् ।

बिभिन्न गाउँपालिकाको क्वारेन्टिनमा रहदा संक्रमण पुष्टि भई आइसोलेसनमा राखिएका ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएसंगै शनिबार घर पठाइएको जिल्ला अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

डिस्चार्ज हुनेहरुमा गण्डकी गाउँपालिकाका ३०, २०, ३२ र ४३ बर्षका ४ जना पुरुष, पालुङटार नगरपालिका घर भई प्रहरी हिरासतमा रहदा संक्रमण देखिएका १७ बर्षका पुरुष, पाचखाल काभ्रे भई गण्डकी गाउँपालिकामा बस्ने २० बर्षका एक पुरुष र भिमसेन थापा गाउँपालिकाका २० र ३२ बर्षका पुरुष गरी ८ जनालाई घर पठाइएको ढकालको भनाई छ ।

उनिहरुलाई अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरुषाेत्तम अर्यालले फुलको गुच्छा सहित अन्य स्वास्थ्य सामाग्री हस्पान्तरण गर्दै बिदाई गरेका थिए ।

उनिहरुलाई १४ दिन आइसोलेसनमा राखेर पुन सिसिआर परिक्षण गराउदा नतिजा नेगेटिभ आएको थियो ।

यससंगै अब गोरखा अस्पतालको आइसोलेसनमा अब १६ जना संक्रमित रहेका छन् भने थप भएका शहिद लखन गाउँपालिकाका ४, भिमसेन थापा गाउँपालिकाका ५ र पालुङटार नगरपालिकाका ७ गरी नयाँ १६ जनालाई आज गोरखा क्याम्पसलको आइसोलेसनमा ल्याएर राख्ने तयारी भइरहेको बताइएको छ । हालसम्म गोरखामा ४० जना कोरोना संक्रमित पुष्टि भइसकेको छ ।

फाेटाे : बिर बहादुर श्रेष्ठ / स्वास्थ्य कार्यालय गाेरखा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार