प्रहरी प्रधान कार्यालय
एक महिना भन्दा बढी समयदेखि आफूखुशी कार्यालयमा नगएका २१ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान मार्यालयले निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै एकजना वरिष्ठ हवल्दारसहित २१ जना प्रहरी आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका जनाएको हो।
एकजना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालयका सहयोगी एक महिना भन्दा लामो समयदेखि सम्र्कमा नआएका सूचनामा उल्लेख छ।
उनीहरुको नाम, ठेगाना र दरबन्दी रहेको कार्यालयको नामावली सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले अबको सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।
उनीहरुलाई खोजतलास गर्दा पनि सम्पर्कमा सूचनामा उल्लेख छ।
